काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा छापावाला सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०७८ फागुन १३ शुक्रवार ११:२३ मा प्रकाशित