back
NMB ad

आज सेयर कारोबार बन्द

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर कारोबार बन्द हुने भएको छ । साताको तेस्रो कारोबार दिन बजार बन्द रहने भएको हो ।

उक्त दिन सरकारले महाशिवरात्री पर्वको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजार पनि बन्द हुने भएको हो ।

साताको चौथो कारोबार दिन बुधवार बजार बिहान ११ बजे खुल्नेछ ।

साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ४३.१० अंकले घटेको थियो ।

सोमबार बजार परिसुचक घटेर २६१०.६० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु राताम्मे बनेका थिए ।

उक्त दिन कारोबार रकम भने झिनो बढोत्तरी आएको छ । आज ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

उक्त दिन सबैभन्दा बढी अपि पावरको १६ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार रकमको आधारमा दोस्रो रहेको अरुण भ्याली हाइड्रोपावरको १४ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

उक्त दिन दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । सोमबार तेह्रथुम पावर र सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।

सोमबार तेह्रथुम पावरको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ७८ रुपैयाँ ८० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ७०९ रुपैयाँ २० पैसा कायम भएको छ ।

यस्तै, उक्त दिन सामलिङ पावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात प्रतिकित्ता ७९ रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ७११ रुपैयाँ कायम भएको छ ।

सोमबार दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ८.५५ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य ३२१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन मैलुङ खेला जलविद्युत कम्पनीको सेयर मूल्य ६.७८ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.६७ प्रतिशत, घलेम्दी हाइड्रोको ६.४२, शिवश्रीको ६.३९ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६.०१ प्रतिशतले घटेको छ ।

यी कम्पनीहरुसहित आज युनाईटेड इदी मर्दी आरवि हाइड्रोपावर, लिवर्टी इनर्जी, रुरु जलविद्युत परियोजना लगायतका लगानीर्ताहरुले उच्च दरमा गुमाएका छन् ।

वि.सं.२०७८ फागुन १७ मंगलवार ११:०८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...