back
NMB ad

नेप्सेमा सूचिकृत पाँच कम्पनीको लाभांश घोषणा हुन बाँकी, कस्तो थियो विगत ?

Kumari bank ad

काठमाडौँ । नेप्सेमा सूचिकृत भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये अझै पाँच वटाको लाभांश घोषणा हुन बाँकी छ ।

नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र राष्ट्रय बिमा कम्पनीको लाभांश घोषणा अर्थात दिने नदिने निर्णय हुन बाँकी रहेको छ ।

नेपाल इन्स्योरेन्सः
कम्पनीले अघिल्लो आर्थिक वर्ष(विं.सं.२०७६/७७) मा नगद १.४६ र बोनस २७.७७ प्रतिशत गरी २९.२३ प्रतिशत लाभांश दिएको थियो ।
अघिल्ला वर्षहरुको लाभांश स्थितिः

युनाईटेड इन्स्योरेन्सः
युनाईटेड इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षबाट लागनीकर्तालाई लाभांश दिएको छैन । यो पटक पनि अहिलेसम्म घोषणा नगरेको हुँदा दिने सम्भावना एकदम न्युन देखिन्छ ।
यद्यपी कम्पनीले आर्थिक वर्ष २०७१/०७२ मा बोनस २० प्रतिशत दिएको थियो भने आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत दिएको थियो ।

शिखर इन्स्योरेन्सः
यो कम्पनीले गत आर्थिक वर्षमा नगद १.६४ र बोनश २७.७७ प्रतिशत दिएको थियो । त्यस्तै गत वर्षहरुमा निम्नानुसार लाभांश दिएको हो ।

जनरल इन्स्योरेन्स
यो कम्पनीले गत आर्थिक वर्ष (२०७७/७८) असोज ११ गते देखि असोज १४ गतेसम्म साधारण सेयर बिक्रि खुल्ला गरेको थियो । त्यो सँगै असोज २० गते बाँडफाँड भएर सोही महिनाको २६ गते नेप्सेमा सूचिकृत भएको हो ।
तसर्थ यो वर्ष लगानीकर्ताको लागि लाभांश वितरण गर्ने छ ।

राष्ट्रिय बिमा कम्पनी
राष्ट्रिय बिमा कम्पनी विं.सं.२०७१ साल साउन १८ गतेदेखि राष्ट्रिय बिमा संस्थानबाट छुट्टिएर नीर्जिबन बीमा ब्यावसाय गर्दै आएको पब्लिक कम्पनी हो । यसमा हाल नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत र नेपाल बैंकको १०.५४ प्रतिशत र साधारण सेयर १९.५४ प्रतिशत रहेको छ ।

यो सेयर संरचना आ.व.२०७०/७१ को साधारण सभा पश्चात परिर्वतन हुने कम्पनीले उल्लेख गर्दै आएको छ । तर कम्पनी सञ्चालनमा आएको ७ वर्ष सकिदा पनि यो बिमा समितिको नियमनको क्षेत्राधिकार भित्र आउन सकेको छ न त मन्त्रालयबाटै नियमन भई ऐन नियममा बाधिएको छ ।
कम्पनीका अनुसार बल्ल वि.संस २०६८/०६९ देखि ०७२/०७३ को लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पठाईएकोमा आर्थिक वर्ष २०७०/७१ स्वीकृत भएको छ । त्यस्तै आ.व.०७१/७२ र ०७२/७३ को स्वीकृतिका क्रममा रहेको छ ।

आ.व.०७३/७४ को महालेखा परीक्षको सिफारिसमा नियुक्त लेखापरीक्षकबाट प्रारम्भिक लेखापरीक्षण प्रतिवेद प्राप्त भई अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको र ०७४/७५ र०७५/७६ को लेखापरीक्षणको कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । त्यो पछिका दुई आर्थिक वर्षको त अझै कहिले हो कुनै सुरसार नै छैन ।

वि.सं.२०७८ फागुन २२ आइतवार १७:०६ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...