back
NMB ad

सम्झौताअनुसार निर्माण नसक्दा घोराही-तुलसीपुर सडकको ठेक्का तोड्ने तयारी

Kumari bank ad

बुटवल । निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ ।

सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ ।

यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भैसक्नु पर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ ।

सडक निर्माण नहुँदा जिर्ण बनेको सडक खण्डमा दुर्घटनाका कारण डेढ दर्जन नागरिकले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ । अझै पनि ठेकेदार कम्पनीको बाटो कुर्ने हो भने थप जनधनको क्षति हुने आयोजनाको भनाइ छ । आयोजनाका प्रमुख अर्जुन बमले ठेक्का तोड्ने प्रक्रिया सुरु गइसकेको र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने बताए । “पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प छैन, उनले भने ।

सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रिया समेत थालेको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ ।

पेश्की रकम फिर्ता लिन सकिने भनेर अदालतबाट अन्तरिक आदेश आएसँगै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले नेपाल बंगलादेश बैंकको कालीमाटी शाखामा पेश्की रकम फिर्ताका लागि पत्र पठाएको छ ।

आयोजना प्रमुख बमले पेश्कीस्वरुप १२ करोड रुपैयाँ दिएको र दुई करोडको भुक्तानी भैसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताए । यो सडक निर्माण कार्यका लागि भारतीय एक्जिम बैंकले सवा अर्ब रुपैयाँ सहयोग गरेको छ ।

संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो ।

वि.सं.२०७८ फागुन २२ आइतवार १६:५२ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...