back
NMB ad

झनै महंगियो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । पछिल्लो एक सातामा सुनको मूल्य झनै महंगिएको छ । यस साता नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।

अघिल्लो शुक्रबार अर्थात चैत ४ गते प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस साताको अन्तिम कारोबार दिनसम्म आईपुग्दा १ लाख नाघेको छ । यस साताको अन्तिम कारोबार दिन सुन बढेर १ लाख ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, गत साताको अन्तिम कारोबार दिन ९९ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुन यस साताको सोही अवधिमा आईपुग्दा बढेर १ लाख ४ सय रुपैयाँ कायम भएको हो ।

उक्त अवधिमा चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । यस साता चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ३८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी १ हजार ४ सय रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ चैत १२ शनिवार ०८:२६ मा प्रकाशित

You can share this post!

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२७

चितवन, १० जेठ : अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान...

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा   

वि.सं.२०८१ जेठ १० बिहीवार १०:२३

राँझा (बाँके), १० जेठ : हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया...

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

बन्द रहेको श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन  

वि.सं.२०८१ जेठ १० बिहीवार ०७:००

काठमाडौँ : बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

विद्युत् नियमन आयोगको अध्यक्षका लागि आठ जनाको आवेदन   

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:५२

काठमाडौँ : विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ...

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?      

अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम, कुनको अवस्था कस्तो ?    

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:४०

काठमाडौँ : मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान...

आज बुद्ध जयन्ती मनाइँदै     

आज बुद्ध जयन्ती मनाइँदै     

वि.सं.२०८१ जेठ १० बिहीवार ०६:३४

काठमाडौँ : शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८...