back
NMB ad

सिन्धुपाल्चोकको चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

Kumari bank ad

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिकाको आयोजना तथा नेपाल बैक लिमिटेड चौतारा शाखाकोे सहकार्यमा यहि चैत ११ गते शुक्रबारका दिन श्री कृष्ण रत्नगंगा मा.वि. चौतारामा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । चौतारा साँगाचोकगढि नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

बिशिष्ट अतिथिको रुपमा चौतारा साँगाचोकगढि नगरपालीकाका प्रमुख अमानसिं तामाङ् र नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री होम बहादुर खड्का रहनुभएको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ,नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख श्री बिनय केसरी पौड्याल, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेना गोरखबक्स गणका गणपति, बिद्यालयका प्रधानध्यापक लगायत शिक्षक शिक्षिकाहरु,बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै कृष्ण रत्नगंगा मा.वि का बिद्यार्थिहरु, स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु लगायतकोे उपस्थितीमा करिव ३ घण्टा सो कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री श्री बिशाल खड्काले ले सिन्धुपाल्चोकको चौतारामा सबैभन्दा पहिला वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै डिजिटल बैंकिङ् अबको आवश्यकता भएको र हरेक नेपालीलाई यस सम्बन्धि सचेतना दिनुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गर्नु भयो ।

त्यसै गरि सांगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिं तामाङले वित्तीय साक्षरता अभियान संचालन गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै यस कार्यक्रमबाट यस क्षेत्रका बिद्यार्थी लगायत समाजका सबै बर्गमा वित्तीय ज्ञान हांशिल भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल बैकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले विश्वभरि नै वित्तीय साक्षरताको लहर फैलिएको र समाजका हरेक व्यक्ति वित्तीय रुपमा सचेत भएमा मात्र देश समृद्ध हुने धारण व्यक्त गर्नुभयो

वि.सं.२०७८ चैत १४ सोमवार १२:१४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...