back
NMB ad

५ करोड ७४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता आधा दर्जन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा यस साता ७ कम्पनीको ५ करोड ७४ लाख ६३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेशनल माइक्रोफाइनान्स, आरएमडीसी लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक, नबिल बैंक, सबैको लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये नेशनल माइक्रोफाइनान्सको ४० प्रतिशत बापतको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बापतको २० लाख ६८ हजार ४४३.८८ कित्ता, स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१.५० कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७३ हजार ३४५.४६९७ कित्ता, नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५.८९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा यस साता सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस बापतको ६ लाख ३९ हजार ७२७.५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापतको ५२ लाख ९० हजार ७४२.७२ कित्ता सेयर सूचीकृत भएको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार १६:३८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...