back
NMB ad

पर्वतमा मनाइयो सहकारी दिवस

Kumari bank ad

पर्वत । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसमरा पर्वतमा प्रभातफेरी सहित मुल समारोह सम्पन्न भएको छ ।

वचत तथा ऋण जिल्ला सहकारी संघ पर्वत, बहुउद्देश्यीय सहकारी संघ पर्वत, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव पर्वतको संयुक्त आयोजना तथा कुश्मा नगरपालिका र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा सहकारी दिवस मनाइएको हो ।

सहकारी दिवस मुल समारोहको उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सके गरिवी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले विपन्न समुदायका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सहकारीलाई सहकारीकै मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले सहकारीलाई राज्यको नियमन क्षेत्र अन्तरगत रहेर व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सहकारी ऐन, नियमावली र संस्थाको विनियमका प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा जानकारी गराउदै सहकारीका असल अभ्यासहरुको अनुशरण र सुधार गर्नु पर्ने पक्षलाई सुधार गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी दिवसलाई यो क्षेत्रको प्रवद्र्धनका लागि प्रतिवद्धता व्यक्त गर्ने अवसरका रुपमा उपयोग गर्न उहाँले सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी घिमिरे, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदी, कुश्मा नगरपालिका सामाजिक विकास शाखाका अधिकृत डिलकुमारी शर्मा, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहकारी दिवस मुल समारोह कार्यक्रम बचत तथा ऋण जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षता, बहुउद्देश्यीय सहकारी संघ पर्वतका उपाध्यक्ष इन्द्रमान खत्रीको स्वागत र कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) पर्वतका उपाध्यक्ष कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

मुल समारोह पूर्व पर्वतका विभिन्न सहकारी संघ संस्थाका सञ्चालक, कर्मचारीहरुको टोलीले आ–आफ्नो संस्थाको ब्यानर र प्लेकार्ड तथा नारा सहित बजार परिक्रमा गरेका थिए ।

कार्यक्रममा प्रभातफेरीमा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गरिएको थियो । ¥यालीमा कटुवा चौपारी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था प्रथम, बैशाली कृषि सहकारी संस्था द्वितिय, दक्षिणा वचत तथा ऋण सहकारी संस्था तृतिय तथा महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्था र सहनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सान्त्वना पपुरस्कार प्राप्त गरेका थिए ।

वि.सं.२०७८ चैत २१ सोमवार ०७:४६ मा प्रकाशित

You can share this post!

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...