back
NMB ad

नेपाल टेलिकमको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारण सभा भोलि बस्दैछ ।
उक्त सभाले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपरल छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गेतसम्म बुकक्लोज गरिसकेको छ । यसअनुसार चैत १० गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन र नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

वि.सं.२०७८ चैत २३ बुधवार १२:४७ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...