back
NMB ad

थप दुई कम्पनीको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा, कुनको कति ?

Kumari bank ad

काठमाडौं । थप दुई कम्पनीहरुले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएका छन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स कम्पनीले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएका हुन् ।

ग्लोबल आइएमई लघुवित्तले गत मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको २८ प्रतिशत बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको जानकारी गराउँदै उक्त बोनस बापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ ।

साविक स्पर्स लघुवित्त वित्तीय संस्था र यस कम्पनी मर्ज भई २०७८ साल वैशाख २८ गतेदेखि एकीकृत कारोबार शुरु गरे पश्चात सेयर खरीद गरेका सेयरधनीको हकमा कर लाग्ने र सो कर बापतको रकम सेयरधनी स्वयमले तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

म्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको उक्त बोनस सेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात सेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने जनाएको छ ।

यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्त यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको ४० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको छ ।

कम्पनीले गत माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो ।

पुस २६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस सेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनस जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।

वि.सं.२०७८ चैत २४ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...