back
NMB ad

ग्लोबल आइएमई बैंकको ३ लाख २७ हजार सेयर किन्ने मौका, कति छ बिक्री मूल्य ?

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीका लागि ल्याएको हो । बैंकले बिक्री मूल्य भने उल्लेख गरेको छैन ।

बैंकले संस्थापक सेयरधनी ऋषीराम ज्ञवालीको नाममा रहेको ४ हजार १२२ कित्ता, संजिव न्यौपानेको १ हजार ४८४ कित्ता, जयन्द्र बहादुर राजभण्डारीको १४ हजार २८४ कित्ता, सुनिता सुरेका अग्रवालको १ लाख कित्ता मिलन थापाको १ लाख, गुमान सिं सिंजाली थापाको ८ हजार २९५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

यस्तै, बैंकले भिमेन्द्र बहादुर शिलवालको १४ हजार ८१२ कित्ता, बसन्तराज अधिकारीको २० हजार कित्ता, बोध प्रसाद त्रिपाठीको ३० हजार, धनश्याम अधिकारीको १४ हजार २८३, बिजय कुमार चौधरीको १५ हजार ४३, कृष्ण प्रसाद श्रेष्ठको ५ हजार ५ सय कित्ता संस्थापक सेयर सर्वसाधरणमा बिक्री गर्न लागेको जनाएको छ ।

एक सूचना निकाल्दै बैंकले कम्पनीले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकमा बिक्रीको आह्वान गरेको उक्त सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएकाले संस्थापक बाहेकका अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गर्न लागिएको बैंकले सूचनामा मार्फत जनाएको छ ।

उक्त सेयर खरिदका लागि इच्छक योग्य व्यक्ति/सस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

वि.सं.२०७८ चैत २५ शुक्रवार १२:३९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...