back
NMB ad

भारतमा कोरोना संक्रमण बढेसँगै सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

Kumari bank ad

कञ्चनपुर । भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

कोरोना रोकथामका लागि सीमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

भारतलगायतका मुलुकबाट आउने यात्रुमा कोरोनाको लक्षण जाँच्न, पूर्ण खोप नलगाएकालाई कोरोना परीक्षण गर्न सूचनामा भनिएको छ । परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूको नमूना सङ्कलन गरी प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन स्क्रिनिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउने व्यवस्था मिलाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले पचात्रार गरेपछि सीमानाका गड्डाचौकी र त्रिनगरमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउनका लाागि काम अगाडि बढाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । कर्मचारी व्यवस्थापन र कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको हेल्थ डेस्कमा व्यवस्था गरिन लागेको उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १६:४० मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...