back
NMB ad

टोस्टमास्टर्स नेपालको पहिलो नेपाली भाषाको क्लब स्थापना

Kumari bank ad

काठमाडौं । नेपाली भाषाको पहिलो क्लब स्थापना गर्दै टोस्टमास्टर्स नेपालले एक ऐतिहासिक शुरुवात गरेको छ । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरिएको हो ।

डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर रन्जित आचार्यले सगरमाथा टोस्टमास्टर्स क्लबका संस्थापक सदस्यहरु तथा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण गराउनुभएको थियो । यस्तै सगरमाथा टोस्टमास्टर्स क्लबका नवनिर्वाचित क्लब अध्यक्ष अनिल केशरी शाहले यस क्लबमार्फत नेपालैभरि यस्तै नेपाली भाषी टोस्ट्मास्टर्स क्लबहरु खोल्न सकिने उदाहरण सिर्जना गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

क्लबको भाईस प्रेजिडेन्टमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने सचिवमा समिर उपाध्यायलाई नियुक्त गरिएको छ । त्यस्तै कोषाध्यक्षमा सुभाष सापकोटा र सर्जेन्ट एट आर्म्समा सरिता ज्ञवालीसहित २४ संस्थापक सदस्यलाई कार्यसमिति सदस्यमा नियुक्त गरिएको छ ।

डिस्ट्रिक्टका नेपाल लिडरहरुले टोस्टमास्टर कार्यक्रमका सम्पूर्ण पक्ष र फाइदाहरूको बारेमा प्रकाश पार्दै नयाँ सदस्यहरूको लागि ओरिएन्टेसन सेसन सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा एरिया ल्द्द का एरिया डिरेक्टर रबिन्द्र प्रधान, डिभिजन ब् का डिभिजन डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सौरभ लोहनी, डिस्ट्रिक्ट पब्लिक रिलेसन म्यानेजर डिस्टिङगुइष्ड टोस्टमास्टर मुन प्रधान र डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डिस्टिङगुइष्ड टोस्टमास्टर सुमन शाक्यको उपस्थिति रहेको थियो ।

यो क्लबले सबै क्षेत्रका मानिसहरूलाई संवेदनशील तरिकाले सुन्न, रचनात्मक सोच्न र प्रभावकारी रूपमा बोल्न सिकाउँछ । साथै यसले सहयोगी र सकारात्मक वातावरणमा नेपाली भाषाको अभ्यास र अनुभवबाट सिक्ने अवसर पनि प्रदान गर्छ जसले गर्दा सहभागि सदस्यहरुको सञ्चार र नेतृत्व क्षमता पनि विकास भई उनीहरुको आत्मविश्वास पनि बलियो हुन्छ ।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १३:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...