back
NMB ad

साताको दुई दिन बिदा दिने सरकारको निर्णय, जेठ १ गतेदेखि लागू हुनेगरि कार्यालय समय पनि परिवर्तन

Kumari bank ad

काठमाडौं । सरकारले साताको दुइदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरि उक्त बिदा दिइने निर्णय गरेको हो।

सरकारले परीक्षणका रूपमा भन्दै यो व्यवस्था गर्न लागेको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । शुक्रबार आधा दिन छुट्टी हुने छैन।

इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो। सरकारले यसअघि आफू मातहतका कार्यालयमा दिइने इन्धन २० प्रतिशतले कटौती गर्ने निर्णय गरिसकेको थियो।

इन्धनमा ठूलो धनराशि बाहिरिएर विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले इन्धन खपत कम गर्ने विभिन्न उपायमा काम गरिरहेको छ। सरकारले विदेशी मुद्राको सञ्चिति घट्न नदिन बुधबारबाट १० वटा वस्तुको आयातसमेत रोकिसककेो छ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...