back
NMB ad

चार कम्पनीले डाके साधारण तथा विशेष सभा: लाभांश पारित गर्दै दुई कम्पनी, अन्य कुनको कस्ता एजेण्डा ?

Kumari bank ad

काठमाडौं । तीन इन्स्योरेन्ससहित चार कम्पनीहरुले साधारण सभाका लागि मिति तय गरेका छन् ।

बैशाख महिनाको आगामी दिनमा विभिन्न चार कम्पनीले वार्षिक साधारण सभा तथा विशेष सभाका लागि मिति तय गरेका हुन् ।

जसमध्ये एभरेष्ट इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा र युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा गर्न लागेको हो ।

यीमध्ये दुई इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्ने मुख्य एजेण्डा बनाएका छन् भने दुई कम्पनीको लगानीकर्ताको हात खाली हुने भएको छ ।

एभरेष्ट इन्स्योरेन्सले आउँदो बुधवार अर्थात बैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा अग्रवाल भवन, कमलपोखरीमा दिउँसो २ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीको सभाले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गरेर ३ अर्ब पु¥याउने विशेष प्रस्ताव रहेको छ । कम्पनीको विशेष प्रस्तावमा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण सेयरधनी समूह (ख) बाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव रहेको छन् ।

यसका साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका वैशाख १२ गते (एक दिन) बुक क्लोज गरेको छ । वैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस्तै, युनियन लाईफ इन्स्योरेन्स कम्पनीले वैशाख २३ गते साधारण सभा बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीको सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण हुने छ ।

यसका साथै कम्पनीले कुनै उपयुक्त जीवन बीमासँग एक आपसमा गाभ्ने/गाभिने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख १३ गते बुकक्लोज गरेको थियो । जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

त्यसैगरि, युनियन हाइड्रोपावर कम्पनीले बैशाख २३ गते विशेष साधारण सभा बस्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबीघाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफामा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्नेछ ।

साथै सभामा संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले कोभिड–१९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको हो ।

यता, आउँदो बैशाख २८ गते बुधवार सगरमाथा इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदैछ । कम्पनीको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनूसूची पारित गर्नुका साथै चालु आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै कम्पनीमा रिक्त रहेकाृ स्वतन्त्र संचालक पदमा संचालक समितिबाट शोभा श्रेष्ठलाई नियुक्त गरिएकोमा सोको अनुमोदन गर्ने कार्य सूची समेत सभामा राखिएको छ ।

प्रबन्धकको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी २ अर्बबाट वृद्धि गरी ५ अर्ब कायम गर्ने र दफा ५ को उपदफा २ पछि उपदफा २.१ थप गरी सो उपदफामा चुक्तापूँजीको ब्यवस्था गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

यसका साथै निर्जिवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिईएको सम्पूर्ण कार्य गर्ने अधिकारलाई निरन्तरता प्रदान गर्ने सभा सभाको कार्य सूचि रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लोज गरेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...