back
NMB ad

दुई कम्पनीले बोलाए विशेष साधारण सभा, कुनको कस्ता छन् मुख्य एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । युनियन हाइड्रोपावर र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका हुन् ।

विभिन्न प्रस्ताव पारितका लागि युनियन हाइड्रोपावर बैशाख २३ गते र महालक्ष्मी लाइफ इन्स्योरेन्सले बैशाख २५ गते विशेष साधारण सभा गर्न लागेका हुन् ।

बैशाख २३ गते हुने युनियन हाइड्रोपावरको विशेष साधारण कम्पनीको रजिष्टर्ड कार्यालय, धोबीघाट, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको प्रबन्धपत्रको दफामा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । सभाले कम्पनीको प्रबन्धकको दफा ६ (क) र (ख) मा संशोधन गर्नेछ ।

साथै सभामा संचालक विष्णु प्रसाद पाण्डेको राजिनामा स्वीकृत तथा नयाँ संचालक नियुक्त गर्ने कार्य सूचि रहेको छ ।

कम्पनीले कोभिड–१९ को संक्रमणको जोखि अन्त्य नभइसकेको अवस्थालाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट बस्ने गरी सभा बोलाएको हो ।

यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा आगामी वैशाख २५ गते गर्ने भएको छ । सभा होटल कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले कम्पनीको पूँजी वृद्धि गरी अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ३ अर्ब रुपैयाँ पुरयाउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारणलका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पातिर गर्नेछ ।

यसका साथै कम्पनी र अन्य कुनै पनि जीवन कम्पनी एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १४:०८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...