back
NMB ad

नेपाली उद्योग, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग चेम्बरको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गर्नुभएको हो ।

“वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,”– अध्यक्ष मल्लले भन्नुभयो ।

उहाँले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्र्दभमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो ।

“नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष मल्लले सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गर्नुभएको छ । भेटमा राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताउनुभयो ।

“दुई देशबीचको सम्बन्ध बलियो छ, यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ,”– राजदूत युताकाले भन्नुभयो । उहाँले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृनिकायमार्फत लामो समयदेखि सहयोग हुँदैआएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताउनुभयो ।

वि.सं.२०७९ जेठ १८ बुधवार १५:४८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...