back
NMB ad

कैदीबन्दीका लागि फुटबल सम्बन्धि कार्यक्रम हुने

Kumari bank ad

काठमाडौं । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ ।

सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयोे ।

आयोजकका अध्यक्ष खुश्बु ओलीले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिककार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष ओलीले बताउनुभयो ।

उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ । यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।

पहिलोचरण जुनदेखि नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना रहेको छ । यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ ।

दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।

वि.सं.२०७९ जेठ १८ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...