back
NMB ad

दागम्बु स्मृति पुरस्कार माया शेर्पालाई

Kumari bank ad

काठमाडौं । नेकपा एमाले पर्यटन इलकाका कमिटीले स्थापना गरेको दागम्बु स्मृति चर्चित आरोही माया शेर्पालाई प्रदान गरिएको छ । शनिबार काठमाडौंस्थित याक एण्ड यति होटेलमा आयोजित कार्यक्रममा नगद १० हजार राशीको उक्त पुरस्कार नेकपा एमालेका सचिव योगेश भट्टराइले हस्तान्तरण गरेका थिए ।

नेपालको पर्वतीय पर्यटनमा लामो समयदेखि सक्रिय शेर्पा सगरमाथा आरोही संघको अध्यक्षसमेत हुन् । महिला भएर पनि सहास पुर्वक विभिन्न हिमालको चुचुरोमा नेपालको झण्डा फहराउन सफल भई अन्तराष्ट्रियस्तरमा नेपाललाई चिनाउन गरेको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको एमाले पर्यटन इलाका कमिटीका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । पुरस्कृत शेर्पा संसारको दोस्रो शिखर पाकिस्तानमा रहेको के टु हिमाल चढ्ने पहिलो नेपाली महिला समेर रहेको सापकोटाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय माउण्टेरिङ गाइड, नेपाल माउण्टेनियरिङ एसोसियशनमा रहेर पर्यटनमा विभिन्न तालिम दिने व्यक्ति, पर्वतीय पर्यटनको महत्वपुर्ण व्यक्तित्व भएको हुनाले ०६८ देखि दागम्बु शेर्पालाई स्मरण गर्न उनको नाममा स्थापना पार्टीले पुरस्कार स्थापना गरिएको सापकोटा बताउँछन् ।

दागम्बु स्मृति पुरस्कारबाट पुरस्कृत माया शेर्पा
दागम्बु स्मृति पुरस्कारबाट पुरस्कृत माया शेर्पा

पर्यटन क्षेत्र जस्तो सहासिक क्षेत्रमा आएर सहासका साथ मायाले काम गरेको योगदानको कदर भएको भन्दै वक्ताहरुले पर्यटनमा आकर्षित अन्य महिलाहरुलाई पनि हौसला मिल्ने बताए ।

पुरस्कार ग्रहण पस्चात बोल्दै शेर्पाले आफुले गरेको कामको कदर भएकोमा खुशु ब्यक्त गरिन । उनले अग्रजहरुको ठुलो ठुलो सपना यत्तिमै पुरा नभएको बताउदै आगामी दिनमा अझ राम्रो गर्न हौसला मिलेको प्रतिक्रिया दिईन ।

कार्यक्रममा लक्ष्मण भण्डारीले नेपालको पर्वतीय पर्यटनको बर्तमान अवस्थाका, चुनौती र संभावनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । एमाले पर्यटन इलाका कमिटीका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षमा सम्पन्न कार्यक्रममा बिशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन प्रबर्द्धन बिभाग प्रमुख सुर्य थापा, बुद्धिजिवी विशेष जिल्ला कमिटीका सदस्य एवं राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव घनेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।

७ साउन २०७३ / ८ : ००

वि.सं.२०७३ साउन ८ शनिवार २१:२० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...