back
NMB ad

कोका कोलाको ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण कोक उठाउँ, आफुलाई जगाउँ शुरु

Kumari bank ad

काठमाडौं । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन “अपलिफ्ट” को दोस्रो संस्करण शुरु गरेको छ ।

यो वर्ष क्याम्पेनको ट्यागलाइन “कोक उठाउँ, आफुलाई जगाउँ” रहेको छ, जसले कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देश दिन्छ ।

यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरुलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।

कोका–कोला नेपालले नयाँ टिभीसी सार्वजनिक गरेको छ जसमा मोडेल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । टिभीसीमा अदिति दिउँसोको पट्यारलाग्दो समयमा आफ्नो साथीलाई स्कुलको हल–वेमा पर्खिरहेको देख्न सकिन्छ । त्यसै क्रममा उनको साथी दुईवटा कोक लिएर अदितितर्फ गईरहेको देख्न सकिन्छ ।

अदिति चिसो कोका–कोला पिउँछिन् अनि कोका–कोलाको रिफ्रेसिङ्ग स्वादले तुरुन्तै अपलिफ्ट हुन्छिन् । रीफ्रेस्ड भएकी अदिति र उनको साथी दुवैजना खुशी हुँदै आफ्नो बाटो लाग्छन् ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, “हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।”
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ ।

पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।”

कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ ।
बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् ।

जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ ।

वि.सं.२०७९ जेठ ३० सोमवार १८:१४ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...