back
NMB ad

नेपालको भूकम्पले विश्वलाई यसरी हल्लाएछ,

Kumari bank ad

काठमाडौं । वैशाख १२ को भूकम्पले धेरै नेपालीको मन हल्लायो, हजारौ मानिसले आफन्त गुमाए, लाखौंले धनसम्पत्ति गुमाए ।यसले नेपालको अर्थतन्त्रमा सिर्जना गरेको झट्का आम नेपालीले अझै बर्षौंसम्म भोगिरहने छौं ।
तर, गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले हामीलाई मात्र हैन, बिश्वलाई हल्लाएको रहेछ भन्ने खुलाएको इन्टरनेट बादशाह गुगलले ।

सर्च इन्जिन गुगलले सन् २०१५ मा इन्टरनेटमा सर्वाधिक खोजी भएका विषयहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको भूकम्प पनि परेको छ ।
गूगलका अनुसार ‘नेपाल अर्थक्वेक’ ८ करोड ५० लाख पटक गूगल गरिएको छ । भूकम्पबारे सवैभन्दा धेरै गुगल गरिएको यो दोस्रो घटना हो । यसअघि जापानमा सन् २०११ मा भूकम्प जाँदा सबैभन्दा बढी गूगल गरिएको थियो ।
भूकम्पपछि विश्वभरबाट ‘म नेपाललाई कसरी सहयोग गर्न सक्छु’ भनेर धेरै पटक गूगल गरिएको छ । नेपालमा कसरी स्वयंसेवा गर्ने, कपडा दिने र कसरी पाल दिने भनेर बिश्वभरका सहयोगी मनहरुले गुगलमा खोजी गरेको पाइएको छ ।
ठाउँको कुरा गर्दा, भूकम्पपछि पोखराबारे धेरैले गूगलमा खोजी गरेका छन् । त्यसपछि मात्र राजधानी काठमाडौंबारे खोजी गरिएको देखिएको छ ।
नेपालमा भूकम्पको झड्का महसुस हुनासाथ कसरी बिश्वभर इन्टरनेटमा तरङ्ग फैलियो भन्नेबारे गुगलले रोचक टाइमलाइनसहितको इन्टरएक्टिभ म्याप बनाएको छ ।

वि.सं.२०७२ पुस ६ सोमवार ०६:५३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...