back
NMB ad

नेपाल बैंकको बजेट गोष्ठी सम्पन्न

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।

प्रधान कार्यालय बजेट तथा योजना बिभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागिहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको बर्तमान अवस्था र संभावनाहरु सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । बैंकले सम्पूर्ण प्रदेशहरुमा प्रदेशस्तरीय बजेट गोष्ठीहरु सम्पन्न गरी सम्पूर्ण शाखाहरुबाट आएका सल्लाह सुझाबहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारीता बढि हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिंदै आएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बिचार व्यक्त गर्नु भएको थियो । सम्पूर्ण नेपालीहरुमा सरल,सहज र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरुको बिश्वास जित्दै देशको आर्थिक बिकासमा महत्वपूर्ण योगदान गर्ने उद्देश्यका साथ बजेट तथा कार्यक्रमहरु तर्जुमा हुने बिश्वास समेत उहांले व्यक्त गर्नुभएको थियो ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७९ असार ८ बुधवार ११:५२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...