back
NMB ad

तीन बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । बिहीबार पनि सेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ४५.२५ अंकले घटेको हो ।

उक्त दिन बजार परिसुचक १८४८.२८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । अजा सबै समूहहरु रातम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकममा भने केही सुधार देखिएको छ । आज १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

उक्त दिन सर्वाधिक सेयर कारोबार गर्नेमा तीन बैंकहरु अग्र स्थानमा देखिएका छन् । आज कुमारी बैंक, लक्ष्मी बैंक र नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको हो ।

आज कुमारी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज बैंकको ९ कारेड ५३ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बैंकको आज ४ लाख ८८ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको हो । बैंकको सेयर मूल्य भने प्रतिकित्ता आज १९४ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको लक्ष्मी बैंकको ६ करोड ३६ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज बैंकको ३ लाख २२ हजार २६८ कित्ता सेयर खरिदबिक्री भएको हो । आज बैंकको सेयर मूल्य भने प्रतिकित्ता १९८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, आज नबिल बैंकको ५ करोड ५३ लाख ६९ हजार रुपैयाँ बराबरको ७३ हजारम ११९ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ७४९ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...