काठमाडौं । पूर्णिमा विकास बैंकले साउन २० गते बुक क्लोज मिति तोकेको छ । बैंकले हकप्रद जारी गर्ने प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो ।
नेपाल स्टक एक्सचेन्जले सोमबार दिएको जानकारी अनुसार हकप्रद निष्कासन गर्न साउन २० गते एक दिनमात्र सेयरहोल्डर दर्ता किताब बन्द गर्ने निर्णय बैंक व्यवस्थापनले गरेको हो ।
पूर्णिमा विकास बैंकले चुक्ता पुँजी बढाउन २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ । पछिल्लो समय लगानीकर्तामा पनि हकप्रद सेयरमा आकर्षण देखिन थालेको छ ।
प्रकाशितः २०७३ साउन १०
वि.सं.२०७३ साउन १० सोमवार १२:३५ मा प्रकाशित