back
NMB ad

किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा, यस्ता छन् सुविधा

Kumari bank ad

काठमाडौं । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुभारम्भ गरेको छ ।

सन् १९८८ मा स्थापना भएको किङ्ग लङ्ग सार्वजनिक यातायातका साधनहरुको रुपमा प्रयोग हुने बस उत्पादन तर्फ चीनकै सर्बाधिक ठूलो उत्पादकको रुपमा परिचित रहेको छ ।

नेपाली बजारमा किङ्ग लङ्गको प्रवेश

नेपाली बजारमा श्री ईको भिजनरी प्रा. लि. ले किङ्ग लङ्गलाई भित्र्याएको हो ।

नेपालका लागि एक मात्र आधिकारीक विक्रेताको रुपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशक यता अनवरत रुपमा सक्रिय रहँदै आएको श्री ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु ६५२० ईभी नेपाली बजारमा भित्र्याएको हो ।

१४ सिट क्षमताको यो माईक्रोबस हेर्दा जति आकर्षक छ, डिजाईन र फङ्गसनालिटीका दृष्टिकोणले उत्तिकै बेजोड रहेको छ ।

अर्वन ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने देखिन्छ ।

१ सय किलोमिटर प्रतिधण्टाको उच्चतम रफ्तार लिन सक्ने यो माईक्रो बसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ ।

एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

वि.सं.२०७९ असार २३ बिहीवार १४:०४ मा प्रकाशित

You can share this post!

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...