back
NMB ad

सिभिल बैंकका ग्राहकलाइ पोखराको चरक मेमोरियल हस्पिटलमा विषेश छुट

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन् ।

बिहीवार एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौता अनुसार फार्मेसीमा ५%, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०% र होल बडी चेकअपमा २०% छुट पाउने ब्यबस्था छ ।

यस छुटको सुबिधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर के.सीले जनाएका छन् ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार ११:२४ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...