back
NMB ad

राजस्व नबुझाउने मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

Kumari bank ad

मकवानपुर । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहनुभएका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताउनुभयो

वि.सं.२०७९ असार २६ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...