back
NMB ad

गुण्डू स्वास्थ्य चौकी सूर्यविनायकमा पहिलो र भक्तपुरमा दोस्रो उत्कृष्ट स्वास्थ्य संस्था

Kumari bank ad

काठमाडौं ।  स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि निर्माण गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा गुण्डू स्वास्थ्य चौकी पहिलो भएको छ ।

न्युनतम सेवा मापदण्ड कार्यक्रममा अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले बिहिवार गरेको स्कोरिङगको आधारमा गुण्डु स्वास्थ्य चौकी सूर्यविनायक नगरपालिकाकै पहिलो र भक्तपुर जिल्लाकै दोस्रो उत्कृष्ट संस्था बनेको हो ।

न्यूनत्तम सेवा मापदण्डका लागि ५० प्रतिशत अङ्क प्राप्त गर्नेलाई सेतो, ५० देखि ६९ लाई पहेलो, ७० देखि ८४ प्रतिशतलाई निलो र ८५ देखि १०० प्रतिशतलाई हरियो सिग्नल हुने गरी स्कोरिङ गरिएको थियो ।

स्कोरिङ गर्ने क्रममा सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य चौकी सहयोग व्यवस्थापनसहित तीनवटा खण्ड गरी २४ वटा सूचक निर्धारण गरिएको थियो ।

उक्त सूचक मध्ये अधिकाङ्शमा हरियो सिग्नल प्राप्त गरी गुण्डू स्वास्थ्य चौकीले सेवा प्रवाह र उत्कृष्ट कार्य सम्पादन गरेको मूल्याङ्कन भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा गुण्डू स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष रबिन्द्र सापकोटाले उक्त शिर्षकमा स्वास्थ्य चौकीले ९२ स्कोर प्राप्त गरि सूर्यविनायकमा पहिलो स्वास्थ्य संस्था बन्न सफल भएको जानकारी दिनुभयो ।

क्निकल सेवा व्यवस्थापन अन्गर्तत हरियो सिग्नल प्राप्त गर्नेमा वैरङ्ग सेवा (ओपिडी) खोप र बृद्धि मूल्याङ्न, परिवार नियोजन सेवा, एएनसी र पीएनसी सेवाहरु, ड्रेसिङ , प्रयोगशाला सेवा, इन्जेक्सन र दैनिक प्रक्रियाहरु रहेका छन् । त्यस्तै निलो सिग्नल प्राप्त गर्नेमा डट्स क्लिनिक र औषधी सेवामा रहेका छन् ।

स्वास्थ्य चौकी सहयोग व्यवस्थापनमा हरियो सिग्नल प्राप्त गर्नेमा उपकरण प्रशोधन र निर्मलीकरण, विद्युत तथा अन्य उर्जाको प्रणाली, पानीको स्रोत, स्वास्थ्य सेवाजन्य फोहोर व्यवस्थाप, सरसफाइ, सुरक्षा र संरक्षण, यातायात साधन र सञ्चार भण्डार (मेडिकल उपकरण), रहेका छन् ।

निलो सिग्नल प्राप्त गर्नेमा लुगा धुने व्यवस्था रहेको गुण्डू स्वास्थ्य चौकीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका मूल्याङ्कन टोली र नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा गुण्डू स्वास्थ्य चौकीका प्रमुख राजिव महतोले आगामी दिनमा शत प्रशित अंक प्राप्त गर्ने गरी गुण्डू स्वास्थ्य चौकीले काम गर्ने बताउनुभयो ।

वि.सं.२०७९ असार ३१ शुक्रवार ११:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:२७

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१८

काठमाडौँ, ७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको...

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...