back
NMB ad

बल्ल सूचीकृत भयो आदर्श लघुवित्तको आईपीओ, यस्तो आयो ओपन रेञ्जको संकेत !

Kumari bank ad

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आइपीओ आज ‘एडिबिएल’ सिम्बोलबाट सूचीकृत भएको छ ।

उक्त सेयर अब भोलि अर्थात मंगलबारदेखि नै धितोपत्र दोस्रोबजारमा कारोबारमा आउनेछ । त्यसपश्चात लगानीकर्ताहरुले खरिदबिक्री गर्न पाउनेछन् ।

कम्पनीले पहिलो कारोबारका लागि १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसासम्म पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ १२२ रूपैयाँ ८८ पैसा रहेको छ । यसको आधारमा कम्पनीको आईपीओ उक्त ओपन रेञ्ज पाउने भएको हो । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले गत असार १ गतेदेखि असार ५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड भएको हो ।

गोलाप्रथाद्वारा वितरण गर्दा रितपूर्वक आवेदन दिने ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ५ जनाले भने थप १/१ कित्ता सेयर प्राप्त गरेका छन् ।

वि.सं.२०७९ साउन २ सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...