back
NMB ad

कालिका लघुवित्तको नाफामा छलाङ : प्रतिसेयर आम्दानी पनि बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले १२ करोड ८४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा १३२.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ५२ लाख १६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १.१३ प्रतिशतले मात्र वृद्धि भई २९ करोड ४७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको संचालन मुनाफा भने ८ करोड ९२ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा ६.२ प्रतिशत रहेको खराब कर्जा गत आवको सोही अवधिमा आईपुग्दा भने ३.११ प्रतिशतमा झारेको छ ।

कम्पनीको चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ७३ लाख ८३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ १८ पैसाले वृद्धि भई ४१ रुपैयाँ ७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाा ६८ पैस रहेको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ११:४६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...