back
NMB ad

राप्ती हाईड्रोको आईपीओ भोलि बाँडफाँड हुने, कति हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ ।

कम्पनीको आईपीओ भोलि अथात साउन ९ गते बाँडफाँड हुने भएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय बाँडफाँड हुनेछ ।

कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर जारी गरेको हो ।

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि, १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन दिने २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १३ लाख २० हजार ९९४ जनाको हात खाली हुनेछ ।

वि.सं.२०७९ साउन ८ आइतवार १२:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...