back
NMB ad

सप्तरीवासीले किन भत्काए भारतीय बाँध ?

Kumari bank ad

काठमाण्डौं । भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ।

भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। घाइतेहरुलाई रावविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

नेपालीको विरोध र स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौलअन्तर्गत कुनौली सीमाको दसगजामा बाँध निर्माण जारी राखेपछि बिहीबार बिहानैदेखि दुई पक्षबीच विवाद बढेको थियो।

सहमतिविपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको तिलाठी ४ का देवनारायण यादवले बताए।

बिहान भारतीयको संख्या धेरै भएकाले विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बेपछि बाँधमा राखिएका बाँस, बालुवाले भरिएका बोरा  किालेर फालिदिएका थिए।

बाँधका लागि बनाइएका सामग्री फालिदिएपछि भारतीय पक्ष र नेपाली पक्षबीच झडप भएको थियो। अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रकाशितः २०७३ साउन १४

वि.सं.२०७३ साउन १४ शुक्रवार १०:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...