back
NMB ad

थप दुई कम्पनीले पाए आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । थप दुई कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले इष्टर्न हाइड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डले इष्टर्न हाइड्रोपावर कम्पनीलाई १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

आईपीओ निष्काशनका लागि कम्पनीले साउन ९ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएबि क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशनका लागि साउन १० गते बोर्डबाट स्वीकृति पाएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १६:३६ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...