back
NMB ad

यी ७ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता मालामाल, आज प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । आइतबार आधा दर्जन इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन ७ वटा इन्स्योरेन्स कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो ।

साताको पहिलो कारोबार दिन नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४७ रुपैयाँले वृद्धि भएको हो ।योसंगै आज कम्पनीको सेयर मूल्य ५१७ रुपैयाँ कायम भएको छ ।

उक्त दिन नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१ रुपैयाँ ५० पैसाले वृद्धि भई ७८६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, आज आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि सकरात्क सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ ५० पैसाले बढेर ४५६ रुपैयाँ ५० पैसा पुगेको छ ।

आइतबार प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता क्रमशः ३९ रुपैयाँ र ५२ रुपैयाँ २० पैसाले बढेर ४२९ रुपैयाँ र ५७४ रुपैयाँ २० पैसा पुगेको छ ।

त्यसैगरि आज युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३९ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ४३४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

उक्त दिन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९.८० प्रतिशत अर्थात प्रतिकित्ता ५८ रुपैयाँ ८० पैसाले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६५८ रुपैयाँ ८० पैसका पुगेको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १५:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...