काठमाडौं । सोमबार सुनको भाउ सस्तिएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आजका लागि भने ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आजका लागि ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
साताको दोस्रो कारोबार दिन चाँदी मूल्य पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७९ साउन १६ सोमवार १०:४७ मा प्रकाशित