back
NMB ad

घट्यो जाल्पा सामुदायिक लघुवित्तको नाफा : प्रतिसेयर आम्दानीमा पनि गिरावट, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार कम्पनीले गत आवको चौंथो त्रैमासमा ९ करोड ८६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ४.६७ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १० करोड ३४ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३६.२० प्रतिशतले वृद्धि भई ३५ करोड ३९ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीले संचालनमा मुनाफामा पनि १.४५ प्रतिशतले घटेर९ करोड ४६ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४७ करोड २६ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा भने झिनो घटेको छ । अघिल्लो आवमा ३.१४ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने घटाएर २.३२ प्रतिशतमा झारेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ३४ रुपैयाँ ३४ पैसाले घटेर ६१ रुपैयाँ ६६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...