back
NMB ad

सेञ्चुरी बैंकसंग मर्जर सम्झौता गरेको प्रभु बैंकको आज १ लाख ८२ हजार कित्ता सेयर बिक्यो !

Kumari bank ad

काठमाडौं । सोमबार प्रभु बैंकको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । आज बैंकको सेयर मूल्य २.८१ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बैैंकको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ ५० पैसाले घटेर २२४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको ४ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज १ लाख ८२ हजार ८४ कित्ता सेयर बिक्री भएको हो ।

प्रभु बैंकले सेञ्चुरी बैंकले प्राप्ति गर्ने भएको छ । यी दुवै बैंक एक आपसमा मर्जरमा जानका लागि आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हाल १ बराबर १ अनुपातमा मर्जमा जान दुई बैंक सहमत भएका छन् । दुबै बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट प्राप्त भएपछि वास्तविकता आउने र त्यसैका आधारमा स्वाप रेसियो तय गर्ने सहमति भएको छ ।

दुई बैंक मर्ज भएमा चुक्ता पुँजी २२ अर्ब पुग्ने छ । हाल सेञ्चुरी बैंकको को चुक्ता पुँजी ९ अर्ब ५५ करोड र प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा सेञ्चुरी बैंकको सेयर कारोबार भने रोक्का भएको छ ।

 

वि.सं.२०७९ साउन १६ सोमवार १६:२० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...