back
NMB ad

हिमालयन बैंकको नाफासंगै प्रतिसेयर आम्दानी पनि गिरावट, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७७/७९को चौंथो त्रैमासमा बैंकको नाफा १७.८१ प्रतिशतले घटेको छ ।

बैंकले प्रकाशित गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा बैंकले २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाा नाफा कमाएको छ । तर, अघिल्लो आवमा भने बैंकले २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकले ५ अर्ब १२ करोड ४१ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यो आम्दानी अघिल्लो आवको तुलनामा ३५.२५ प्रतिशतले बढी हो ।

अघिल्लो आवको असार मसान्तसम्ममा बैंकको यो आम्दानी ३ अर्ब ७८ करोड ८७ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि १७.८१ प्रतिशतले घटेर ३ अर्ब ५४ रकोड ५ लाख ७० हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ९ अर्ब १४ करोड ३४ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

बैंकको खराब कर्जा पनि झिनो वृद्धि भई ०.७७ प्रतिशत कायम भएको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ । अघिल्लो आवमा २८ रुपैयाँ ७ पैसा रहेको कम्पनीको आम्दानी गत वर्ष भने घटेर १९ रुपैयाँ १४ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १७० रुपैयाँ ५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...