back
NMB ad

कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड, प्रतिसेयर आम्दानी पनि बढ्यो (विवरणसहित)

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले पानै ३ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले बुधवार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा बैंकले २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ४३.८७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २५.६७ प्रतिशतले वृद्धि भई ६ अर्ब ३८ करोड ७ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

बैंकको संचालन मुनाफा भने ३२.६८ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड ८१ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरयण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख १७ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ४७ करोड ४९ लाख ९४ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ ७ पैसाले वृद्धि भई १९ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेवटर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार ११:५५ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...