back
NMB ad

कृषि विकास बैंक वितरण योग्य नाफा १२५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ? (विवरणहित)

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार बैंकले गत आवमा २ अर्ब ३६ करोड ४० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा भने २६.१६ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड १५ लाख ७४ हाजर रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १३.३० प्रतिशतले वृद्धि भई ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, बैंकको संचालन मुनाफामा पनि १८.२५ प्रतिशतले गिरावट आई ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य मुनाफा भने १२५.१९ प्रतिशतले वृद्धि भई ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब १२ करोड ८९ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ २१ पैसाले घटेर १७ रुपैयाँ ९३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार ११:०९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...