back
NMB ad

३२ माइक्रोफाइनान्सको वित्तीय रिर्पोट : ५ कम्पनीको नाफामा छलाङ, कुन-कुन देखिए अब्बल ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् ।

संचालनमा रहेकामध्ये हालसम्म ३२ वटा माइक्रोफाइनान्सले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त अवधिमा यी कम्पनीहरुको नाफा सामान्य वृद्धि भएको छ ।

गत आवमा ३२ वटा लघुवित्त कम्पनीहरुले ५ अर्ब ९५ करोड ६१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १०.१८ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा कम्पनीहरुले ५ अर्ब ४० करोड ५४ लाख १३ हजार रुपैयाँ नाफा गरेका थिए ।

उक्त अवधिमा पाँच कम्पनीको नाफामा छलाङ मारेका छन् भने ११ वटा कम्पनीहरुको नाफामा गिरावट आएको छ ।

गत आवमा आरएमडी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, नेष्डो समृद्धि, महिला लघुवित्त र सिवाईसी लघुवित्तको नाफामा उछाल आएको छ ।

गत आवमा सबैभन्दा बढी नाफा आरएमडीसी लघुवित्तले वृद्धि गरेको छ । उक्त अवधिमा कम्पनीको नाफा ९९.४७ प्रतिशतले बढेर ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा फस्र्ट माइक्रोफाइनान्सको नाफा ८७.८१ प्रतिशतले बढेर २६ करोड ८८ लाख ८३ हजार, नेष्डो समृद्धिको ७१.०५ प्रतिशतले बढेर २२ करोड १९ लाख ५० हजार, महिला लघुवित्तको ६१.४२ प्रतिशतले वृद्धि भई १५ करोड ९९ हजार, र सिवाईसी लघुवित्तको ५५.०७ प्रतिशतले नाफा वृद्धि भई ८ करोड ३ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । अघिल्लो आवमा ४ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा गरेकोे कम्पनीको गत आवमा भने ५४.७४ प्रतिशतले गिरावट आएको छ ।

यस्तै, गत आवमा गुराँस लघुवित्तको नाफा ४२.२२ प्रतिशतले घटेर १ करोड २७ लाख ४७ हजार, सर्पोट लघुवित्तको ३४.९५ प्रतिशतले घटेर २ करोड १० लाख १३ हजार, श्रृजनशील लघुवित्तको नाफा पनि ३४.६२ प्रतिशतले घटेर ४ करोड २९ लाख ७५ हजार, रुपैयाँ कायम भएको छ ।

त्यसैगरि गत आवमा छिमेक लघुवित्तको २१.४३ प्रतिशत, नाडेप लघुवित्तको नाफा २८.९६ प्रतिशत, आरम्भ लघुवित्तको २७.७७ प्रतिशत, उपकार लघुवित्तको २७.१३, सूर्योदय लघुवित्तको १३.०१, जाल्पा सामुदायिकको ४.६६ प्रतिशतले नाफामा गिरावट आएको छ ।

कुनको नाफा कति ?

वि.सं.२०७९ साउन २० शुक्रवार १७:०३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...