back
NMB ad

सयपत्री हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने, कति हुँदैछ हात खाली ?

Kumari bank ad

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ आज अर्थात मंगलबार बाँडफाँड हुने भएको हो ।

कम्पनीको बिक्री प्रबन्धकान एनआइबीएल एस क्यापिटलको कार्यालयमा बिहान १० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १५ लाख बढीले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा १५ लाख २३ हजार ७०३ जनाले १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा २५.२२ गुणा बढी हो ।

कम्पनीले साउन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था गरेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट वितरण हुनेछ । गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्रै १०÷१० कित्ता सेयर प्राप्त गर्नेछन् । यी मध्ये तीन जनाले भने थप १÷१ कित्ता सेयर हात पार्नेछन् । बाँकी साढे १५ लाख आवेदकको हात खाली हुने छ ।

वि.सं.२०७९ साउन २४ मंगलवार ०७:४३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...