back
NMB ad

५४.६६ प्रतिशतले घट्यो उन्नती सहकार्य लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले पौने चार करोड नाफा कमाएको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ३ करोड ८८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ५४.६६ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड ५७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १४. १६ प्रतिशतले घटेर २१ करोड १८ लाख ८७ हजार रुपैयाँ कायम भएको छ। उक्त अवधिमा कम्पनीको संचालन नाफामा पनि ६०.६८ प्रतिशतको गिरावट आई ५ करोड ३४ लाख ९५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३३ करोड ९० लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ९ करोड ९ लाख २५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २.३२ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने ३.३० प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:००

काठमाडौँ, १५ जेठः सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न...

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५५

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षलाई ‘महिला लगानी...

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

एक लाख ‘रिटर्नी’लाई स्वरोजगार बनाइने   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:५१

काठमाडौँ, १५ जेठः अन्तर्राष्ट्रिय श्रम रोजगारबाट फर्किएका एक लाख ‘रिटर्नी’लाई...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४८

काठमाडौँ, १५ जेठ : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४६

जनकपुर, १५ जेठः नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी...

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य   

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४३

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी...