back
NMB ad

विजय लघुवित्तको नाफा गिरावट, कस्तो वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । विजय लघुवित्त  वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवमा १० करोड ४७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.२४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ५० लाख २७ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी पनि १०.३५ प्रतिशतले घटेर ३४ करोड १५ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा भने १५ करोड ८१ लाख ४४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने कम्पनीको यो नाफा १९ करोड ५ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २२ करोड ८८ लाख ९२ हजार रुपैयाँ राखेको छ ।

अघिल्लो आवमा ४.६६ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत आवमा भने झिनो घटेर ४.०८ प्रतिशत कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...