back
NMB ad

१०२ प्रतिशतले बढ्यो मानुषी लघुवित्तको नाफा, कस्तो छ वित्तीय प्रगति ?

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनीले गत आवमा कम्पनीले नाफामा उल्लेख्य सुधार गरेको छ । गत आवमा कम्पनीको नाफा १०१.९२ प्रतिशतले वृद्धि भई २ करोड ४० लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड १९ लाख ४ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २४.०५ प्रतिशतले वृद्धि भई ९ करोड ४१ लाख ३१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको संचालन नाफामा भने ९ करोड ७४ लाख ३० हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ६ करोड ४९ लाख ९८ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीले खराब कर्जा पनि २.६१ प्रतिशतले घटाएर ३.२ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ९७ पैसाले वृद्धि भई २१ रुपैयाँ ९८ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ४३ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...