back
NMB ad

किन घट्यो ङादी ग्रुप पावरको नाफा ? यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले साढे ७ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ३५.१९ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको व्यवस्थापकीय तथा वित्तीय खर्च वृद्धि भएकाले नाफामा गिरावट आएको हो ।

गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी भने ४४.४५ प्रतिशतले वृद्धि भई १२ करोड ७५ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ८३ लाख ३४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा १७ करोड ९९ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा भने कम्पनीको यो नाफा ८.७७ प्रतिशतले कमी हो ।

कम्पनीको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ८ करोड ३४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १७ पैसाले घटेर १० रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११ रुपैयाँ ८ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १०:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...