back
NMB ad

फाइनान्स कम्पनीमा देखिएन चमक : अधिकांशको नाफामा गिरावट, कुन-कुन देखिए अब्बल ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । संचालनमा रहेका मध्ये एक दर्जन बढी फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म १५ वटा फाइनान्स कम्पनीले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् । विवरण अनुसार कम्पनीहरुको नाफा चमक देखिएको छैन ।

गत आवमा ती कम्पनीहरुले १ अर्ब ३३ करोड ७५ लाख ८९ हजार रुपैयाँ नाफा गरेका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २८.२४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीहरुे १ अर्ब ८६ करोड ४० लाख ९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

गत आवमा अधिकांश फाइनान्स कम्पनीहरुको नाफामा गिरावट देखिएको छ । गत आवको असार मसान्तसम्ममा १० वटा कम्पनीको नाफा घटेको छ भने ५ वटाको भने वृद्धि भएको छ ।

गत आवमा सबैभन्दा बढी नाफा बेष्ट फाइनान्स कम्पनीले वृद्धि गरेको छ । उक्त अवधिमा कम्पनीले १६ करोड ७२ लाख १ हजार रुपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम्पनीको नाफा १०२.९५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड २३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा नाफा वृद्धि गर्ने दोस्रो स्थानमा नेपाल फाइनान्स कम्पनी रहेको छ । उक्त अवधिमा कम्पनीको नाफा ८५.२१४ प्रतिशतले बढेर ४ करोड ८५ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड ६२ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवमा जानकी फाइनान्सको नाफा पनि ३८.१३ प्रतिशतले वृद्धि भई ४ करोड ३० लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा प्रोग्रेसिभ फाइनान्सको नाफा २१.८६ प्रतिशत र गुडवील फाइनान्सको नाफा २.९२ प्रतिशतले वृद्धि भएको हो । यी दुवै कम्पनीले गत आवमा क्रमशः ५ करोड १ लाख ४८ हजार र १८ करोड ८५ लाख ५५ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

गत आवमा सबैभन्दा बढी नाफा मञ्जुुश्री फाइनान्सको घटेको छ । उक्त अवधिमा कम्पनीको नाफा ७८.१९ प्रतिशतले घटेर १० करोड ८४ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ४९ करोड ७२ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा मल्टीपर्पस फाइनान्सको नाफा ७१.११ प्रतिशत, समृद्धि फाइनान्सको ६९.२ प्रतिशत, रिलायन्स फाइनान्सको ५१.३७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४१.०३ प्रतिशतले नाफामा गिरावट आएको छ ।

त्यसैगरि पोखरा फाइनान्सको २०.२६ प्रतिशत, आईसीएफसीको २०.२१ प्रतिशत, श्रीइन्भेष्टमेन्टको १९.६६, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको १२.३१ र गोर्खाज फाइनान्सको ११.५९ प्रतिशतले नाफा घटेको हो ।

कुनको नाफा कति ?

वि.सं.२०७९ साउन २९ आइतवार १६:०७ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...