back
NMB ad

शिखर इन्स्योरेन्सको नाफा ४० करोड बढी, कस्ता देखिए अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ४० करोड बढी नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ४० करोड १४ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २८.९२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद बीमाशुल्क १ अर्ब ३९ करोड १० लाख रुपैयाँ रहेको छ भने कुल बीमा शुल्क ५ अर्ब ९२ लाख २२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमाशुल्क आर्जन गत आवमा भने २६.१० प्रतिशतले बढी हो ।

कम्पनीले गत आवमा २ अर्ब १६ करोड ६६ लाख १६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने २ अर्ब ४२ करोड ३६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७० करोड ९७ लाख ९५ हजार रुपैयाँ राखेको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिसेयर नेवटर्थ २५४ रुपैयाँ ४ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १३:०८ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...