back
NMB ad

१ अर्ब ८७ करोड नोक्सानीमा अपर तामाकोशी, किन बढ्यो कम्पनीको नोक्सानी ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । अपर  तामाकोशी हाइड्रोपावर कम्पनी पौने दुई अर्ब नोक्सानीमा देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

अघिल्लो आवमा ५ करोड ३४ लाख नोक्सानीमा रहेको कम्पनीले गत आवमा भने ह्वात्तै बढेको छ । गत आवमा कम्पनी १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ ।

वित्तीय खर्च बढेपछि कम्पनीको नोक्सानी पनि वृद्धि भएको हो । गत आवमा कम्पनीको वित्तीय आम्दानी पनि ऋणात्मक देखिएको छ । जसका कारण कम्पनीले नोक्सानी व्यहोरेको हो ।

गत आवमा कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ६२ करोड ८२ लाख ७७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

गत आवमा कम्पनीले विद्युत बिक्रीबाट भने ७ अर्ब १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा पनि २ अर्ब ७१ करोड ७९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा धनात्मक देखिएको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...