back
NMB ad

९०.२३ प्रतिशतले घट्यो यूनियन लाइफको नाफा, कस्तो देखिए अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १ करोड २७ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९०.२३ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ३ लाख ३९ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम १५.५४ प्रतिशतले वृद्धि भई ७ अर्ब ८९ करोड १६ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ७३ लाख ३७ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने भुक्तानी हुन बाँकी दावी रकम ७० लाख २१ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ७ करोड ९६ लजाख ४१ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ मात्र रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ८० पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...